विपत्तिको सामना गर्न पूर्वतयारीमा जुट्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने विपत्तिहरूको सामना गर्न पूर्वतयारी गर्नुपर्ने बताएका छन् । २३औं भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको भूकम्प स्मृतिसभामा उनले प्राकृतिक विपत्ति आकस्मिक रूपमा आउन सक्ने भएकाले पूर्वतयारीमा जोड दिएका हुन् ।

विपत्तिको सामना गर्न पूर्वतयारीमा जुट्नुपर्छ : गृहमन्त्री थापा

यसका लागि सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि थापाले बताए । २०७२ सालको भूकम्पले दिएको घाउ निको भइनसकेको जनाउादै उनले पुनर्निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए । न्युज एजेन्सी नेपालका अनुसार यस वर्ष बाढीपहिरोका कारण क्षति भएका घरहरूको पुनर्निर्माणको काम पनि अगाडि बढाउनुपर्ने थापाको भनाइ छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरू निर्माण गर्न गृह मन्त्रालयसाग कुरा भइरहेको बताए । विपत्तिको सामना गर्न काठमाडौंका नाकाहरूमा दमकलको व्यवस्था गर्न खरिद प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । अहिले काठमाडौं महानगरपालिकाले भूकम्पपीडित घरधनीलाई नक्सापासको दस्तुर मिनाह गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिमलगायतका काम सुरु गरिएको बताए । जोखिमको जानकारी दिन पोर्टल निर्माण गरेको, भूकम्पको पूर्वतयारीका लागि स्वयंसेवक ब्युरो बनाउनेलगायत काम प्राधिकरणले गर्न लागेको उनले जानकारी दिए ।

प्रकाशित : माघ २, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?