२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

माधव नेतृत्वको कार्यदलले प्रतिवेदन बुझायो, आन्दोलन अझै प्रभावकारी बनाइने

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक

काठमाडौँ — नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुक्रबार बस्ने गरी सकिएको छ ।

माधव नेतृत्वको कार्यदलले प्रतिवेदन बुझायो, आन्दोलन अझै प्रभावकारी बनाइने

पेरिसडाँडामा बिहीबार बसेको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध घोषणा भएका आन्दोलनका कार्यक्रमलाई अझै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले पुस १८ मा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । बैठकमा आन्दोलनका कार्यक्रमको समिक्षा भएको थियो । बैठकमा रिपोर्टिङ गर्ने नेताहरुले आन्दोलनका कार्यक्रमलाई अझै प्रभावकारी बनाउनु पर्ने सुझाव राखेको भुसालले बताए । तर, कार्यक्रमको स्वरुप कस्तो हुने भन्ने निर्णय भइनसकेको उनले बताए ।

भुसालका अनुसार बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले प्रतिवेदन पेस गरेको छ । पुस २० गते बसेको बैठकले एकीकरणसम्बन्धी बाँकी काम र नेताहरूको कार्यविभाजन टुंगो लगाउन अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत छन् ।

उक्त प्रतिवेदन र आन्दोलनका कार्यक्रमबारे शुक्रबार बस्ने बैठकमा थप छलफल हुने भुसालले जानकारी दिए ।

प्रकाशित : माघ १, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?