१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

हरिराम उप्रेती

गोरखा — कांग्रेस सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलस्थित रिपमा आकस्मिक अवतरण भएको छ । मौसम खराबीका कारण अवतरण भएको हेलिकप्टर १० मिनेटपछि उडेको प्रहरीले जनाएको छ ।

देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

मौसम अनुकुलता हेरेर केही बेरअघि हेलिकप्टर उडेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए । मौसम खराबीका कारण आँपपिपलमा हेलिकप्टर फोर्स ल्याण्ड भएको उनले बताए ।

देउवा पर्वतमा पार्टीको कार्यक्रमको सिलसिलमा कैलाश एअरको हेलिकप्टरमा पर्वत जान लागेको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले बताए ।


प्रकाशित : माघ १, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?