३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जी न्युज प्रकरणमा रावलको आरोप- प्रधानमन्त्री केपीको राष्ट्र हितविरोधी कार्यको उदाहरण

काठमाडौँ — नेकपा (दाहाल-नेपाल) पक्षका नेता भीम रावलले भारतीय जी न्युज प्रकरणमा प्रधानमन्त्री केपी ओलीको राष्ट्र हितविरोधी कार्यको अर्को उदाहरण प्रकट भएको टिप्पणी गरेका छन् । 

जी न्युज प्रकरणमा रावलको आरोप- प्रधानमन्त्री केपीको राष्ट्र हितविरोधी कार्यको उदाहरण

नेता रावलले बुधबार ट्वीट गर्दै भारतीय जीन्युजका सुधीर चौधरीलाई बालुवाटारमा अन्तर्वार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी उनले सगरमाथामा 'भारतले दाबी गर्नुपर्छ' भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रधानमन्त्री केपीको राष्ट्रहितविरोधी कार्यको अर्को उदाहरण हो भनेका हुन् ।

उनको ट्वीटमा लेखिएको छ, 'नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युजका सुधीर चौधरीलाई बालुवाटारमा अन्तर्वार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा 'भारतले दाबी गर्नुपर्छ' भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रम केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो ।'

प्रधानमन्त्री केपी शर्माको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका भारतीय जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काला पत्थरबाट सगरमाथाबारे विवादित रिपोर्ट तयार पारी प्रसारण गरेको हो ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २९, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?