चन्द समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ 

काठमाडौँ — प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा‍बाट बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्रचार्यले कान्तिपुरलाई बताइन् । 

चन्द समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ 

'त्यस क्षेत्रमा चन्द समूहको गतिविधि बढेको थाहा पाएसँगै हामीले नियमित गस्ती बढाएका थियौं,' एसएसपी बज्रचार्यले भनिन्, 'बिहानदेखि नै हामीले त्यहाँ सर्च अपरेसन चलाएका थियौं । त्यहींबाट पक्राउ गरेका हौं ।'

त्यस क्षेत्रमा चन्द समूहको गतिविधि बढेपछि डीएसपीको कमान्डमा ७० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिइन् ।

केही दिनअघि मात्रै त्यहाँ प्रहरीले सर्च अपरेशन चलाएको थियो । चन्द समूहले निर्माण गरेको हाइ प्वाइन्टहरु समेत भत्काइएको ललितपुर प्रहरीले जनाएको छ । 'अग्लो अग्लो ठाउँमा निगरानीका लागि हाइ प्वाइन्टहरु बनाएका रहेछन्, हामीले सबै डिस्ट्रवे गर्‍यौं,' एसएसपी बज्रचार्यले कान्तिपुरसित भनिन् ।

बज्रचार्यका अनुसार त्यस क्षेत्रमा चन्द समूहले हाइ प्वाइन्टहरु निर्माण गरेर ट्रेनिङ सेन्टर सञ्चालन गरेको सूचनापछि गस्ती बढाइनुका साथै संरचनाहरु समेत भत्काइएको छ ।

प्रकाशित : पुस २९, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?