२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मनाङको डढेलो नियन्त्रण गर्दै सेना

काठमाडौं — मनाङको नासों गाउँपालिका-८ ताजे गाउँस्थित जंगलमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना खटिएको छ ।

मनाङको डढेलो नियन्त्रण गर्दै सेना

रणदल गुल्मबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकायहरुसँगको सहकार्यमा उक्त जंगल नजिकै रहेको नेपाल टेलिकमको टावरतर्फ बढ्दै गएको आगो नियन्त्रण गर्न सफल भएको जनाएको छ ।

अधिकांस जमिन अप्ठेरो भएका कारण आगलागी पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको सेनाले जनाएको छ ।

मनाङमा मंसिर ११ देखि आगलागी भइरहेको छ । आगलागी भइरहेको ठाउँ हिउँ पर्ने र जम्ने ठाउँ हो । तर यस वर्ष हिउँ खासै परेको छैन । एक साताअघि भ्राताङदेखि माथिल्लो क्षेत्रमा मात्रै हिमपात भएको थियो । आगलागी भइरहेको ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्छ । एक्यापको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार आगलागी डरलाग्दो गरी फैलिएको छ । मर्स्याङ्दीको किनारदेखि पहाडको टुप्पोसम्म जंगल सखाप बनाएको छ ।

आगलागी फैलिएर ३ हजार ५ सय मिटर उचाइसम्म पुगेको छ । तर आगलागी भएको सबै ठाउँमा पुग्न भने नसकिएको बताउँछन् एक्याप लमजुङका प्रमुख लेखनाथ गौतम । ‘मनाङमा तापक्रम रातको समयमा माइनस छ ।

आगो निभाउन बेल्चा, गैंची, आगो निभाउने साधन, स्याउलालगायत प्रयोग गरिएको छ ।

यो पनि पढ्नुहोस्ः

माइनस तापक्रममा मनाङमा डढेलो

प्रकाशित : पुस २९, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?