२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेका छन् : नेता नेपाल

काठमाडौँ — नेकपा (दाहाल-नेपाल) पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको आरोप लगाएका छन् । 

ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेका छन् : नेता नेपाल

नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा बुधबार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष नेपालले ओलीको पार्टी सडकको धूलोमा परिणत हुनेसमेत दाबी गरे । प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको उनको आरोप छ । नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको भन्दै नेपालले मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरुमार्फत सरकार चलाउन थालेको टिप्पणी गरे ।

उनले ओलीले मदन भण्डारी फाउन्डेशनमार्फत पार्टीमा समानान्तर गतिविधि विगतदेखि नै निरन्तर चलाइरहेको र नयाँ पार्टी बनाउने अभ्यास पहिलेदेखि नै सुरु गरेको बताए । पार्टीलाई विधिमा चलाएर नेपाली राजनीतिको बलियो खम्बाको रुपमा पार्टीलाई स्थापित गराउँ भन्ने आफूहरुको प्रस्ताव प्रधानमन्त्री ओलीले नमानेको उनको भनाइ छ ।

उनले ओलीलाई विध्वंसकारी मान्छे र कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गर्दै झापादेखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्यामात्रै खडा गरेको आरोप लगाए ।

प्रकाशित : पुस २९, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?