१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कालीकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

तुलाराम पाण्डे

कालीकोट — नरहरिनाथ ७ माल्कोट दुदुल्लीका २९ वर्षीय भैरै बटालाले खरको छाना भएको आफ्नै घरमा आगो लगाउँदा दुई छोरोको जलेर मृत्यु भएको छ । घरायसी झगडाले बुधबार बिहान ४ बजे घरमा छोरा सुतिरहेको अवस्थामा आगो लगाएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी कुटपिट भएपछि पुस ९ गतेदेखि २७ वर्षीया पत्नी लालकौरा माइतीघर कुमालगाउ गएकी थिइन् । 

घरमा आगलागी हुँदा भैरैका १२ वर्षीय छोरा गणेश, ९ वर्षीय मनबहादुरको मृत्यु भएको हो भने ४ वर्षीय कान्छा छोरा खगेन्द्र घाइते छन् । घरमा आगो लगाएपछि आफूले पनि विष सेवन गरेको र ४ वर्षीय कान्छा छोरा खगेन्द्रलाई विष खुवाएको जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताए । उनकाअनुसार घाइते बालकको प्राथमिक उपचार केन्द्र कुमाल गाउँमा उपचार भइरहेको छ । भैरेलाई प्रहरीले पक्राउ गरेर मान्म ल्याएको छ ।

मदिरा सेवन गरेर पत्नीलाई कुटपिट गरेकाले उनी माइती बसिरहेकी कुमालगाउँकी अनिता बुढाले बताइन् ।

यसैबीच, खाडाचक्र १ मान्म बजार बस्ने ६७ वर्षीय रामबहादुर कार्कीको विष सेवनबाट मृत्यु भएको छ । उनले पनि पारिवारिक तनावले सोमबार दिउँसो मुसा मार्ने औषधि सेवन गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : पुस २९, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?