कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

२४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार १४३ संक्रमितको संख्या पुगेको छ । 

२४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

त्यसैगरी २४ घण्टामा ४१४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ७२२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४३४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ९७ हजार ९ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३७ जना रहेको छ ।

प्रकाशित : पुस २९, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?