कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केपी ओलीले विदेशी शक्तिको मन्त्र सुनेर संसद् विघटन गर्नु भयो : दाहाल

'जी न्यूजको अन्तर्वाता नाटकै हो'

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्ति केन्द्रले सुनाएको मन्त्र सुनेर संसद् विघटन गरेको आरोप लगाएका छन् ।

केपी ओलीले विदेशी शक्तिको मन्त्र सुनेर संसद् विघटन गर्नु भयो : दाहाल

बुधबार काठमाडौंमा आयोजित दाहाल-नेपाल पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीले विदेशी शक्ति केन्द्रको मन्त्र सुनेर संसद् विघटन र पार्टी विभाजन गरेको दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यानललाई दिएको अन्तर्वार्ता पनि नाटक भएको बताएका छन् । 'उहाँलाई लोकतन्त्र, राष्ट्रप्रति अलिकति पनि जिम्मेवारीबोध भएको भए, अहिले त देखिएको छ, विदेशी शक्ति केन्द्र आएर के के मन्त्र सुनाए, उहाँले त्यो मन्त्र सुन्नु भयो,' दाहालले भने,' अस्ति भर्खर हेर्नु भयो जी न्यूजको अन्तर्वार्ता । उहाँले त्यो बोलाएको, त्यो पनि नाटकै हो । नाटक हो भन्ने कुराको पट्टाक्षेप भइसक्यो । जी न्यूजले नाम फेर्न रे त्यही जी न्यूजले ।’

अध्यक्ष दाहालले असारको स्थायी कमिटी बैठकमा आफूलाई भारतले हटाउन खोजेको भन्ने अभिव्यक्ति दिएपछि त्यही बेला नहटाएको बताए । उनले भने, 'असारको स्थायी कमिटी बैठकमा उहाँले भारतले मलाई प्रधानन्त्रीबाट हटाउन खोज्यो, मेरो साथीहरुले हटाउन खोजेका छन् भन्नु हुन्थ्यो । हामीले हटाएनौं त्यतिबेला । भारतले भनेर हटाउने हो र भनेर हटाएनौं । उहाँले अहिले पार्टी विभाजन, संसद् विघटन भारतले भनेर हो । सारा जनताले देखे बुझे । तपाई के भन्नु हुन्छ केपीजी ?'

प्रकाशित : पुस २९, २०७७ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?