केपी ओली कमरेड हैन, प्रतिगमनकारी हुन् : अष्टलक्ष्मी शाक्य

काठमाडौँ — पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी ओली कमरेड नभएर प्रतिगमनकारी भएको बताएकी छन् ।

केपी ओली कमरेड हैन, प्रतिगमनकारी हुन् : अष्टलक्ष्मी शाक्य

बुधबार दाहाल–नेपाल नेतृत्वको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शाक्यले कमरेड नभएर ओली प्रतिगमनकारी भएको बताएकी हुन् ।

‘अब केपी ओली कमरेड हैन, कमरेड भन्न छोडिसकेको छु । उहाँ प्रतिगमनकारी हो । तानाशाही हो, स्वेच्छाचारी हो । उहाँले गणतन्त्रलाई धावा बोल्यो । हामीले दु:ख गरेर ल्याएको संविधानमा धावा बोले । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अपहरण भएको छ । आज हामीले त्यस्तो व्यक्तिलाई किन कमरेड भन्ने ?,’ शाक्यले भनिन् ।

नेतृ शाक्यले प्रगिगमनविरुद्ध काठमाडौं तातिसकेको भन्दै ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने बेला भइसकेको बताइन् । उनले अब आन्दोलन तात्ने पनि दाबी गरिन् ।

प्रकाशित : पुस २९, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?