मन्त्रिपरिषद् हेरफेरविरुद्धको सुनुवाइ माघ ११ मा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद् हेरफेरविरुद्धको सुनुवाइ माघ ११ मा

रासस

काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद्‌मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन रोक्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदन ‘हेर्दाहेर्दै’ मा आगामी माघ ११ गते सुनुवाइ हुने भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा मंगलबार सुनुवाइ हुँदाहुँदै समय अभावका कारण अर्को सुनुवाइका लागि आगामी माघ ११ गतेका लागि तोकिएको हो । यसअघि यही पुस २० गते न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै आज छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको थियो ।

राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्रबहादुर ओली, केशरजङ्ग केसी, दिनेश लामिछानेले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार नगर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित : पुस २८, २०७७ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्

जिपको ठक्करले बालकको मृत्यु

केदार शिवाकोटी

चरिकोट — दोलखामा जिपको ठक्करले बालकको मृत्यु भएको छ । मंगलबार दोलखाको वैत्यश्वर गाउँपालिका—३ मा जिपले ठक्कर दिँदा ६ वर्षीय बालक संगम तामाङको मृत्यु भएको हो ।

लहरेमानेबाट मिर्गे आउँदै गरेको जिपले ठक्कर दिएका बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि सवारी साधन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित : पुस २८, २०७७ २०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×