कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सर्लाहीमा उपप्रधानमन्त्री पोखरेललाई कालो झन्डा देखाइयो

ओमप्रकाश ठाकुर

सर्लाही — उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नेकपाको दाहाल–नेपाल पक्षका नेता तथा कार्यकर्ताले मंगलबार कालो झन्डा देखाएका छन् ।

सर्लाहीमा उपप्रधानमन्त्री पोखरेललाई कालो झन्डा देखाइयो

सर्लाही सदरमुकाम मलंगवामा मंगलबार अपराह्न अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न आउने क्रममा मन्त्री पोखरेललाई जिल्लाकै दुई स्थान नवलपुर र मलंगवामा कालो झन्डा देखाइएको हो ।

कालो झन्डा देखाउन राजमार्गस्थित नवलपुरमा जिल्ला अध्यक्ष रेवती पन्तले अगुवाई गरेका थिए ।कालोझन्डा देखाउँदै दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले असंवैधानिक कदमको मतियार बनेको भन्दै पोखरेलविरुद्ध नाराबाजी समेत गरेका थिए । कालो झन्डा देखाउने कार्यकर्ताहरुलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

उपप्रधानमन्त्री पोखरेल अहिले सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा सहभागी छन् । कार्यक्रमस्थलमा प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रकाशित : पुस २८, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?