पदीय झगडाको कालो बादल वैशाखको चुनावपछि हट्नेछ : मुख्यमन्त्री पोखरेल
बर्दिया — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदीय झगडाका कारण केन्द्रमा नेतृत्वका झगडाका कारण देखिएको कालो बादल बैशाखमा हुने निर्वाचनका माध्यमबाट फाट्ने बताएका छन् । निर्वाचनपछि मुलुक सुशासनतर्फ सफल हुने विश्वास उनले गरेका छन् ।
उनले दाहाल नेपाल समूहलाई लक्षित गरी घुमाउरो पारामा गुलरियामा मंगलबार आयोजित एक कार्यक्रममा बताएका हुन । मुख्यमन्त्री पोखरेलले बर्दियाको सदरमुकाम गुलरियामा शिवगंगा आँखा अस्पतालको उद्घाटन गर्दै अहिलेको विषयमा धेरै चिन्ता गर्नु विषय होइन,’उनले भने,‘चिन्तात पुन परिस्थितीबाट उम्किनका लागि ताजा जनादेश हो ।’
सरकारलाई कामकाज गर्न नदिने घेराबन्दीको अवस्था सिर्जना उत्पन्न हुने परिस्थितीबाट उम्किनका लागि जनताकाबीच जान प्रधानमन्त्रीले फैसला गरेको उनले बताए ।
प्रदेश सरकारको ८५ लाख रुपैयाँ र रेडक्रसको आन्तरिक स्रोत ५५ लाखको लागतमा ३० वटा कोठा भएको भवन सञ्चालनमा आएको हो । बिरामीको उपचारका लागि स्थानीय शिवप्रसाद उपाध्याय र उनकी श्रीमती गंगादेवीको नाममा रहेको करिब साढे तीन कट्ठा जगाामा रहेको घर समेत ०६३ साल असोजमा दान गरेका थिए ।
नव निर्मित भवनमा आँखा अस्पताल सञ्चालनमा आएपछि दैनिक सय बढी आँखा उपचार गर्ने बिरामी आउने अनुमान गरिएको छ । अस्पतालमा सामान्य उपचारदेखि शल्यक्रिया हुनेछ ।
प्रकाशित : पुस २८, २०७७ १५:२२