गैंडाको केटी मृत फेला

पूर्वी नवलपरासी — सदरमुकाम कावासोतीको जंगलमा सोमबार गैंडाको बच्चा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत कावासोती नगरपालिकाको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा अन्दाजी तीन महिनाको पोथी बच्चा (केटी) मृत भेटिएको हो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार शनिबार मरेको अनुमान गरिएको गैंडाको खाग र खुर भने सुरक्षित छ ।

योसहित एक वर्षमा निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रमा २० वटा गैंडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ । पछिल्लो समय कालगति र जुधेर गैंडा मर्ने क्रम बढेको छ ।

प्रकाशित : पुस २८, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?