कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दाहाल-नेपालले पार्टी र सरकारलाई संकटतर्फ धकेलेपछि प्रतिनिधिसभा विघटन : मुख्यमन्त्री पोखरेल

ठाकुरसिंह थारु

नेपालगन्ज — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालले पार्टी र सरकारलाई संकटतर्फ धकेलेपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् । उनले दाहाल-नेपालको पद लोलुपताका कारण पार्टी गम्भीर मोडमा पुगेको बताए ।

दाहाल-नेपालले पार्टी र सरकारलाई संकटतर्फ धकेलेपछि प्रतिनिधिसभा विघटन : मुख्यमन्त्री पोखरेल

‘पार्टी र सरकार सञ्चालन गर्न नदिएपछि त्यहीँ पार्टीबाट जितेर गएको संसद्को के औचित्य रह्यो,’ सोमबार बाँकेको खजुरामा आयोजित आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,‘पार्टी र सरकार सञ्चालनका लागि प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु भएको हो ।’ उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भइसकेका दाहाल, नेपाल र अर्का नेता झलनाथ खनालका गतिविधिका कारण नेकपामा संकट आएको आरोप लगाए ।

‘उहाँहरु प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुँदा ओलीले सघाउनु भयो । उहाँ प्रधानमन्त्री र अध्यक्ष भएदेखि सरकार र पार्टी सञ्चालन गर्न दिनु भएन,’ प्रदेश मुख्यमन्त्री पोखरेलले भने,‘दुई/दुई पल्ट प्रधानमन्त्री भइसकेका नेताले पद पाइन भन्दै पार्टी विखण्डनतर्फ लाग्नु भयो ।’ उनले नेकपाबाट अझै पनि कसैलाई नहटाएको जनाए । तर, दाहाल नेपाल पक्षले भने आफैं पार्टी फुटेको घोषणा गरी विभिन्न गतिविधि गरेको बताए ।

पछिल्लो समय बाँकेमा प्रधानमन्त्री ओली र दाहाल नेपाल पक्षले विभिन्न कार्यक्रमहरु आयोजना गरी कार्यकर्ता तान्ने प्रयास गरिरहेका छन् । वडासम्मै दुवै पक्षले कमिटी गठन गरिरहेका छन् । त्यही क्रमलाई ओली पक्षले बाँकेमा जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गरेको हो ।

मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन संवैधानिक रहेको दाबी गरे । उनले प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार नै जनताको नयाँ जनादेशका लागि प्रतिनिधिसभा विघटन गरिएको दाबी गरे । पछिल्लो सयम दाहाल र नेपाल पक्षले प्रधानमन्त्री ओलीले लोकतन्त्रको पक्षमा नरहेको अभिव्यक्ति दिएकोप्रति उनले कडा प्रतिवाद गरे । उनले लोकतन्त्रलाई संस्थागत गर्न सरकार र पार्टी सञ्चालन गर्दा अवरोध गर्नेहरु लोकतन्त्रको पक्षमा नरहेको स्पष्ट पारे ।

उनले नेता दाहालले स्थायी कमिटीमा प्रधानमन्त्रीविरुद्ध आरोपपत्र दर्ता गरेको बताए । ‘प्रधानमन्त्री ज्यूले पार्टी सदस्य नविकरण गरौं र अधिवेशनबाट निर्णय गरौं भन्ने तर उहाँहरु नमान्ने । आरोपमात्रै लगाएर हिँड्ने कार्य भयो,’ उनको दाबी छ ।

प्रकाशित : पुस २७, २०७७ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?