३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ओली सरकारको असफलताबाट छुटकाराका लागि ताजा जनादेश : थापा

हरिराम उप्रेती

गोरखा — प्रधानमन्त्री केपी शर्मा ओली सरकारको असफलताबाट छुटकारा पाउनका लागि ताजा जनादेशमा जानुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले बताएका छन् ।

ओली सरकारको असफलताबाट छुटकाराका लागि ताजा जनादेश : थापा

पृथ्वी जयन्तीको अवसरमा गोरखा संग्रहालय परिसरमा आयोजित कार्यक्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले भ्रष्टचार, सर्वसक्तावाद लगायतको मुक्तिका लागि ताजा जनादेशमा जाने आफ्नो पार्टीको राजनितिक दृष्टिकोण रहेको बताए । संसद् विघटनले संवैधानिक जटिलता सिर्जना गरेको थापाको भनाइ छ ।

सर्वाेच्च अदालतमा विचाराधीन रहेको विषयलाई पक्ष वा विपक्ष बनाइ प्रभावित गर्ने, दबाब दिने ढंगबाट प्रस्तुत हुन नहुने उनले बताए । ‘नेपालको संविधानको व्याख्या गर्ने, संविधानमा रहेको विवाद र अस्पष्टतालाई निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्चलाई दिइएको छ, सर्वाेच्च अदालतले संसद् विघटन सम्बन्धी अस्पष्टताको व्याख्या गर्नु आवश्यक भएको छ,’ उनले भने ।

लिम्पीयाधुरा समेट्ने नक्सा संविधानको अंग बनाएर वर्तमान सरकारले महत्त्वपूर्ण र साहसिक काम गरेको उनले बताए । ‘ओली सरकारको अनेक असफलता, अकर्मण्यता, विवादस्पद निर्णयको बाबजुद लिम्पियाधुरालाई नक्सामा समेट्ने कार्य प्रंशसनीय छ,’ उनले भने । पृथ्वी जयन्तीलाई सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन पनि उनले माग गरे ।

प्रकाशित : पुस २७, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?