तरल राजनीतिक अवस्थाको लाभ उठाउन राजावादीहरु सक्रिय : निधि

श्यामसुन्दर शशि

जनकपुर — कांग्रेस उपसभापति विमलेन्द्र निधिले तरल राजनीतिक अवस्थाको लाभ उठाउँदै राजावादीहरु सक्रिय हुन लागेको आरोप लगाएका छन् । जनकपुरमा आइतबार आयोजित सहिद सत्यनारायण पाठक ३२ औं स्मृति दिवस तथा प्रतिमा अनावरण समारोहलाई सम्बोधत गर्दै निधिले उक्त धारणा राखेका हुन् ।

तरल राजनीतिक अवस्थाको लाभ उठाउन राजावादीहरु सक्रिय : निधि

प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध कांग्रेस चरणबद्ध आन्दोलनमा उत्रेको उल्लेख गर्दै उनले कांग्रेसलाई बाघको संज्ञा दिए । उनले भने– 'कांग्रेस बाघ हो । जो अहिले सुस्ताइरहेको छ तर कसैले लोकतन्त्रमाथि हमला गर्‍यो भने कांग्रेस अचुक प्रहार गर्न पनि जानेको छ ।'

उनले कांग्रेस संसद् पुन:स्थापना तथा निर्वाचन यी दुबै विकल्पका लागि तयार रहेको बताए । उनले भने– ‘ नेपाली कांग्रेस दोधारमा छ भनेर आरोप लाग्ने गरेको छ तर हामी अलमलमा छैनौं । दुबै विकल्पका लागि तयार छौं ।’

कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादव, रामकृष्ण यादव, संघीय सांसद स्मृति नारायण चौधरी, कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवलगायतका नेताहरुले पनि संबोधन गरेका थिए ।

प्रकाशित : पुस २६, २०७७ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?