२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

संसद पुन:स्थापना नभए चुनावमा जान तयार छौं : ठाकुर 

सन्जु पौडेल

तिलोत्तमा — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अदालतको नतिजा पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । 

संसद पुन:स्थापना नभए चुनावमा जान तयार छौं : ठाकुर 

प्रेस नेपालले भैरहवामा गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतप्रति पूर्ण विश्वास गर्दै निष्पक्षता र न्याय निरुपणमा पूर्ण विश्वास रहेको बताए । ‘हामी पर्ख र हेरको स्थितिमा छौं’, उनले भने, ‘अदालतको निर्णयपछि मात्र अगाडिको रणनीति निर्धारण गरिनेछ ।’

तत्कालीन मधेसवादी दलसँग गरिएका सहमति उल्लंघन गरेर संविधान बनाइएकाले आफ्नो पार्टीले सुरुदेखि नै संविधान त्रुटिपूर्ण छ भन्दै संशोधन हुनुपर्ने माग राख्दै आएको ठाकुरको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन असामयिक र असंवैधानिक भएकाले यसविरुद्ध आफ्नो पार्टीले सबैभन्दा पहिले आन्दोलन सुरु गरेको उनले बताए । तर संसद पुन:स्थापना नभएर चुनावमा जानु परे पार्टी तयार रहेको ठाकुरले स्पष्ट पारे ।

प्रकाशित : पुस २६, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?