२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

तोकिएको समयमै निर्वाचन हुन्छ : पोखरेल

सुवास विडारी

मकवानपुर — उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएकै समयमै प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गरेका छन् । हेटौंडामा शनिबार भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तोकिएको अवस्थामा चुनाव नसर्ने दाबी गरेका हुन् । ‘वैशाखको १७ गते र २७ गते दुई चरणमा गरेर निर्वाचनको मिति घोषणा गरिएको छ । तोकिएकै समयमा निर्वाचन हुन्छ’ उनले भने ।  

तोकिएको समयमै निर्वाचन हुन्छ : पोखरेल

उनले निर्वाचनलाई सम्पन्न गर्न चारवटै सुरक्षा निकायका प्रमुखसँग सरकारले बैठक राखेर निर्वाचनको प्रारम्भिक योजना बनाइसकेको बताए । ‘सुरक्षा प्रमुख र निर्वाचन आयुक्तहरुले प्रारम्भिक योजना निर्माण गरिरहनु भएको छ । ताजा जनादेशका लागि निर्वाचन गर्न लागिएको हो । त्यसकारण चुनावको तयारी गर्न अन्य दलहरुलाई पनि आग्रह गर्दछु ।’, उनले प्रतिपक्षी दल कांग्रेसलाई पनि ९० प्रतिशत चुनाव लागिसकेको टिप्पणी गरे ।

उनले नेकपाको निर्वाचित अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली भएका कारण चुनाव चिन्ह र दलको मान्यता आफूहरुले प्राप्त गर्ने बताए । ‘निर्वाचन आयोगमा हामीले सम्पूर्ण कागजात पठाएका छौं । अब कानुनी र प्रक्रियागत रुपमा आयोगले सूर्य चिन्ह र पार्टीको आधिकारिकता केपी शर्मा ओलीलाई दिनेमा हामी ढुक्क छौं ।’, पूर्वरक्षामन्त्री रहेको पोखरेलले निर्वाचनको तयारी र पार्टी एकीकरणको बाँकी कामलाई पूरा गर्न केन्द्रीय सदस्य विस्तार गरिएको बताए ।


प्रकाशित : पुस २५, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?