१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मन्त्री पद पाउनका लागि दाहाललाई धोका दिएको होइन : मणि थापा

'पार्टीभित्रबाट प्रधानमन्त्रीमाथि 'कु' गर्न खोजेपछि प्रतिनिधिसभा विघटन'

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले पार्टीभित्रबाट प्रधानमन्त्रीमाथि 'कु' गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । 

मन्त्री पद पाउनका लागि दाहाललाई धोका दिएको होइन : मणि थापा

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले नेकपाभित्रबाट प्रधानमन्त्रीलाई हटाएर 'कु' गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् ।

देशलाई 'कु'को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोज्नु भएकोले अब चुनावको विकल्प नभएको उनले बताए । मन्त्री थापाले आफू मन्त्री पद पाउनकै लागि पुष्पकमल दाहाललाई धोका नदिएको समेत बताए । प्रधानमन्त्री ओलीलाई दाहालले धोका दिएकोसमेत बताए ।

आफूलाई मन्त्री बन्ने कुरा ठूलो नभएको तर देशलाई अस्थिरताबाट जोगाउन मन्त्री बनेको उनले बताए ।'संकटको घडीमा तपाईंहरूजस्तो अलिकति इमानदार, अलिकति गतिशील मान्छे मन्त्रिमण्डलमा आउनुपर्छ भनेछि प्रधानमन्त्रीको प्रस्ताव मैले स्वीकार गरेको हूँ । मेरा लागि मन्त्री बन्ने कुरा ठूलो होइन,' मन्त्री थापाले भने ।

प्रतिनिधिसभा विघटनसम्बन्धी कदम कानुनीभन्दा पनि राजनीतिक निर्णय भएको पनि मन्त्री थापाले जिकिर गरे । राजनीतिक निर्णय गर्ने अधिकार लोकतन्त्रमा प्रधानमन्त्रीलाई हुने दाबीसमेत उनको थियो ।

प्रकाशित : पुस २५, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?