राजविराज — गहुँ खेतमा लगाइएको करेन्ट लागेर सप्तरीमा शुक्रबार राति एउटा जंगली हात्तीको मृत्यु भएको छ ।
खड्ग नगरपालिका–५ अमहामा गहुँ खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो । सुँडले तारमा छुँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाले जानकारी दिए ।