कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको सभास्थलबाट ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने पक्राउ

अर्जुन शाह

धनगढी — नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टि–सर्ट लगाउने सात जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्रीको सभास्थलबाट ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आएको उक्त सभास्थलमा ओलीको विरोधस्वरुप उक्त टि–सर्ट लगाएर गएका धनगढीका विनोद खड्का, आरुद शाह, सागर जोशी, राजेन्द्र शाही, प्रविन खड्का, सुरेश जोशी र मोहन्यालका नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक विष्टले बताए ।

प्रहरीले उनीहरुकै सुरक्षाका लागि पक्राउ गरेको बताएको छ । ‘सामान्य सोधपुछ गरेर उनीहरुलाई छाड्छौं,’ डिएसपी विष्टले भने ।

प्रकाशित : पुस २४, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?