१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संसद् अब पुनर्स्थापना हुँदैन : गृहमन्त्री

केदार शिवाकोटी

चरिकोट — गृहमन्त्री रामबहादुर थापाले संसद पुनर्स्थापनाले थप अस्थिरता र प्रतिगमनलाई सहयोग पुर्‍याउने बताएका छन् । 

संसद् अब पुनर्स्थापना हुँदैन : गृहमन्त्री

दोलखाको चरिकोटमा केपी ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले स्थायित्वका लागि नयाँ संसदीय निर्वाचनमा जाने तयारी भएकाले पुरानो संसद अब पुनर्स्थापना नहुने दाबी गरे । ‘पदको लोभमा परेर प्रतिगनमलाई सघाउन लागिपरेका छन्’, मन्त्री थापाले भने, ‘अहिले पुरानै संसदकी नयाँ संसदको बहस चलिरहेको छ ।’ पुरानो संसद पुनर्स्थापनाले अस्थिरता निम्त्याउने उनको तर्क छ ।

उनले राष्ट्रियता र समृद्धिको नारा लिएर पार्टी अब चुनावमा होमिएको बताए । ‘जनतामा राष्ट्रियता, समृद्धि र स्थायित्वको नारा लिएर जनतामा होमियौं, प्रतिगमनकारी सकिन्छन्’, उनले भने, ‘अब नयाँ संसदले मात्रै समृद्ध नेपाल बनाउन सक्छ ।’

दाहाल-नेपाल समूहलाई लक्षित गर्दै मन्त्री थापाले पूर्वमेचीदेखि महाकालीसम्म पार्टीको सुद्धिकरण चलिरहेकाले पार्टीमा भएका फोहरमैला व्यवस्थापन भइरहेको बताए । पार्टीमा भएका अवसरवादीहरु हट्दै गएको उनको भनाइ थियो ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गणतन्त्रर र लोकतन्त्रको रक्षा र प्रतिगमन रोक्न संसद् विघटन गरेको तर्क गरे । ‘प्रधानमन्त्री केपी ओलीले लिएको कदम आजका लागि संवैधानिक छ ’ गुरुङले नेपाली जनता र संविधानको संरक्षणका लागि संसद विघटन ऐतिहासिक छ ।’ उनले अब निर्वाचनले नै देशमा स्थायित्व दिने दाबी गरे ।

गृह र संचार मन्त्रीलाई कालो वेलुन देखाएर विरोध

गृहमन्त्री थापा र संचारमन्त्री गुरुङलाई दाहाल-नेपाल समूहका कार्यकर्ताले चोकको एक घरबाट कालो बेलुन फालेर विरोध गरेका थिए । कडा सुरक्षाका बीचमा सातदोवाटोचोकमा प्रहरीलाई छलेर घरको झ्यालबाट कालो बेलुन उडाएर विरोध गरेका हुन् ।



प्रकाशित : पुस २४, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?