२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दाहाल–नेपाल नेतृत्वको नेकपाले बुझायो सीडीओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र

काठमाडौँ — पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ ।

दाहाल–नेपाल नेतृत्वको नेकपाले बुझायो सीडीओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र

प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार यो समूहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र र संविधानको पुस्तक बुझाएका हुन् ।

विरोधपत्रमा प्रधानमन्त्रीले राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्चाउन अनुरोध गरेका छन् ।

बर्दियाको सदरमुकाम गुलरियामा नेकपा दाहाल र नेपाल समूहले सरकारविरुद्ध नाराबाजी गर्दै । तस्बिर : कमल पन्थी/कान्तिपुर

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दाहाल–नेपाल नेतृत्वको नेकपाले त्यसको विरोधमा पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

प्रकाशित : पुस २४, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?