कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पार्टी एक हुने सम्भावना अझै छ : उपप्रधानमन्त्री पोखरेल

अनिश तिवारी

सिन्धुपाल्चोक — उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाखमा जसरी पनि निर्वाचन भएर छाड्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको प्रतिनिधिले जनताबीच जान्छु’ भनेर निर्वाचन मिति तोकेको उनले बताए । 

पार्टी एक हुने सम्भावना अझै छ : उपप्रधानमन्त्री पोखरेल

बलेफी गाउँपालिका-७ खाडीचौरमा ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री पोखरेलले भने, 'यसलाई अन्यथा लिनुपर्ने कारण छैन, उहाँहरु (पुष्पकमल दाहाल-माधवकुमार नेपाल) चुनावदेखि भागिराख्नुभएको छ ।’‍

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गर्दै उनले अध्यक्ष पुष्पकमल दाहालले गल्ती स्वीकार्दै फर्किए पार्टी एक हुने बताएका छन् । दाहाललाई पार्टीको कार्यकारी पदबाट नहटाउँदा पनि दाहाल आफैंले गल्ती गरेर गुट बनाएको उनको आरोप छ । ‘प्रचण्डले सबै गल्ती सच्याएर फर्किनुभयो भने पार्टी एक हुने सम्भावना छ,’ उनले भने । दाहालले जिम्मेवारी बहन नगरेका कारणले कार्यकारी अधिकार खोसेको उनको भनाइ छ ।

पार्टीभित्रको काम गर्न, एकताको बाँकी काम सकाउन, महाधिवेशनकेन्द्रित काम गर्न अधिकार दिएकोमा जिम्मावारी पूरा नगरेको उनको कथन छ । भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा युवा तथा खेलकुदमन्त्री दावा तामाङले पार्टी फुटाएर साथीहरुले पार्टीप्रति अन्तर्घात गरेको बताए । ‘गुट-उपगुट बनाएर उहाँहरुले कम्युनिष्ट सिद्धान्तको धज्जी उडाउनुभएको छ,’ उनले भने ।

मन्त्रीलाई बाटोमा कालोझन्डा

बिहीबार अरनिको राजमार्गमा दौडिरहेको दुई मन्त्रीको सवारी साधनलाई राजमार्गको कोठे र खाडीचौर बजारमा दाहाल-नेपाल समूहका युवाहरुले कालो झण्डा देखाउँदै आक्रोश पोखेका छन् । उक्त समूहका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र युवा संघका कार्यकर्ताहरुले अनेरास्वयियूको केन्द्रीय सर्कुलरअनुरुप नै कालोझन्डा देखाएर स्वागत गरिएको अनेरास्ववियूका जिल्ला संयोजक मिलन तामाङले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाकै नेता तथा भातृ संगठनका कार्यकर्ताले विरोध कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित : पुस २३, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?