२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अबदेखि झुलाघाट नाका हप्ताको दुई दिन खुल्ने 

तृप्ति शाही

बैतडी — नेपाल—भारत सीमानामा रहेको बैतडीस्थित झुलाघाट नाका अब हप्ताको दुई दिन खुल्ने भएको छ । सोमबार र शुक्रबार नाका खोलिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

अबदेखि झुलाघाट नाका हप्ताको दुई दिन खुल्ने 

स्वास्थ्य सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर नाका दुई दिन खोलिने उनले बताए ।

अत्यावश्यक काम परेकाहरुलाई आवतजावत गर्न दिइने भन्दै उनले भने , ‘कामको प्रकृतिसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । जिल्ला प्रशासनको सिफारिसमा हप्ताको दुई दिन नाकाबाट आवतजावत दिइनेछ । ’ विवाह र मृत्यु संस्कारका हकमा भने जुनसुकै बेला पनि नाका खोल्न सकिने उनले बताए ।

कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि झुलाघाट नाका बन्द थियो ।

प्रकाशित : पुस २३, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?