२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ओली समूहले गर्‍यो भीम रावलसहित तीन नेतालाई कारबाही

काठमाडौँ — नेकपा (ओली समूह) को सुदूरपश्चिम प्रदेश कमिटीले दाहाल-नेपाल समूहका नेता एव सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई कारबाही सिफारिस गरेको छ ।

ओली समूहले गर्‍यो भीम रावलसहित तीन नेतालाई कारबाही

बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावलसहित तीन जनालाई कारबाहीको सिफारिस गरेको प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

'पार्टीको ३० लाख रकम अपचलन गरेको भएर पार्टी विधान बमोजिम भीम रावललाई प्रदेश इन्चार्जबाट हटाउन केन्द्रमा सिफारिस गरेका छौं । उहाँसँगै प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई सचिव पदबाट हटाउन पनि सिफारिस गरेका छौं,' प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले भने । पार्टी सम्पत्तिको हिनामिना गरेको भएर पार्टी विधान बमोजिम रावल, सुवेदी र चौधरीलाई कारबाही गरिएको थापाले बताए ।

दाहाल–नेपाल समूहको पुस १७ गते बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष थापासहित केही नेतालाई कारबाही गरेको थियो । तर यो निर्णयलाई आफूहरुले खारेज गरेको अध्यक्ष थापाले बताए ।

विधानमा अध्यक्षको निर्देशन र सहमतिमा मात्रै बैठक बस्ने व्यवस्था रहेको तर आफ्नो सहमति विपरित बसेको दाहाल–नेपाल समूहको बैठक आधिकारिक नभएको थापाको भनाइ छ ।

प्रकाशित : पुस २३, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?