२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ओली ज्ञानेन्द्रजस्तै बिदा हुन्छन् : नेता रिजाल

काठमाडौँ — कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रजस्तै बिदा हुने बताएका छन् । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ । 

ओली ज्ञानेन्द्रजस्तै बिदा हुन्छन् : नेता रिजाल

नेकपा दाहाल–नेपाल पक्षले बुधबार गरेको अन्तर्क्रिया नेता रिजालले सरकारले घोषणा गरेको चुनाव बैशाखमा नहुने पनि बताए ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सधैंभरी अग्रगमनको पक्षमा रहने बताए । उनले प्रतिगमनको पक्षमा नजाने उनको भनाइ थियो । पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक दलहरु यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।

प्रकाशित : पुस २२, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?