१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डेढ लाख घूससहित सब इन्जिनियर पक्राउ

सम्झना रसाइली

तनहुँ — राष्ट्रिय पुन:निर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई शिक्षा तनहुँका सब इन्जिनियर सुरेन्द्र अधिकारी १ लाख ५० हजार रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् ।

डेढ लाख घूससहित सब इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीलले सब-इन्जिनियर अधिकारीलाई घूस रकमसहित व्यास नगरपालिका–२ मालपोत लाइनस्थित भिरकोट रेस्टुरेन्टबाट पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता मेघनाथ रिजालका अनुसार सब इन्जिनियर अधिकारीकै कार्यक्षेत्र रहेको भानु नगरपालिका–५ मैबलस्थित सरस्वती माध्यमिक विद्यालयमा १४ लाख ६९ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको र योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिन घूस मागेको बताए ।

प्रवक्ता रिजालले भने, ‘शौचालय निर्माणको अन्तिम किस्ता लिनका लागि अनुगमन पश्चात काम सम्पन्नको कागजपत्र दिन उनले आलटाल गर्दै विद्यालयसंग रकम मागेको सूचना पाएपछि हामीले टोली खटाएका हौं ।’

प्रकाशित : पुस २२, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?