कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सुदूरपश्‍चिमका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा 

अर्जुन शाह

धनगढी — सुदूरपश्‍चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

सुदूरपश्‍चिमका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा 

नेकपा विभाजनसँगै बोहोरा ओली पक्षमा खुल्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ ।

सुदूरपश्‍चिम प्रदेश सरकारमा सुरुदेखि नै ओली पक्षमा खुलेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइसकेका छन् । बोहरा पनि बाहिरिएपछि प्रदेश सरकारमा दाहाल–नेपाल पक्षधर मन्त्री मात्रै कायम रहेका छन् ।


प्रकाशित : पुस २२, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?