प्रदेशसभा विघटन हुँदैनन्, प्रतिनिधिसभा विघटन बाध्यता : मुख्यमन्त्री गुरुङ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभा विघटन हुँदैनन्, प्रतिनिधिसभा विघटन बाध्यता : मुख्यमन्त्री गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभा विघटन हुन नसक्ने दाबी गरेका छन् । उनी भन्छन्, ‘सबै प्रदेशसँग राय लिनुपर्‍यो ? मुख्यमन्त्रीहरुको धारण के छ ? यसै प्रदेशसभा विघटन हुन्छ ?’ उनले प्रतिनिधिसभा विघटन रहरभन्दा पनि बाध्यताले गर्नुपरेको बताए ।

मंगलबार सुरु भएको विशेष अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले ६४ प्रतिशत जनमत प्राप्त दलको नेताले आफ्नै पार्टीको खिचातानीले संसद विघटन गर्न बाध्य हुनुपरेको बताए । विगतको इतिहासमा राजा महेन्द्र शाह, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले पनि आफ्नै पार्टीको किचलोका कारण संसद विघटन गरेको इतिहास हुँदाहुँदै आज प्रधानमन्त्री केपी शर्मा ओलीले सो इतिहास दोहोर्‍याएको उनको भनाइ थियो । उनले गणतन्त्रमा राष्ट्रपतिलाई राजाको उपनाम दिनु र विरोध गर्नु भनेको गणतन्त्र कमजोर बनाउन खोजिएको आरोप लगाए ।

प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकारलाई खबरदारी गर्ने र जनताको समस्या उजागर गर्ने ठाउँ संसद भएकाले विशेष अधिवेशनको माग गरिएको बताए । कोभिडग्रस्त बनाएको प्रदेशलाई कसरी उजागर गर्ने भनेर सरकारलाई विज्ञप्ति, मौखिम रुपमा डेलिकेसन गरिरहँदा सुनुवाइ नभएपछि अधिवेशनको माग गरिएको उनले बताए । ‘सरकारले हुँदैन भन्दैन तर, गर्दैन पनि’ उनले भने, ‘यसरी कसरी जनताको समस्या हल हुन्छ ? यस अवधिमा जनताको हकहित र अधिकारको विषयमा मात्रै सम्बोधन हुनेछ ।’ सरकार कानुन निर्माणमा अघि भए पनि कार्यान्वयनमा पछि रहेको उनको धारणा थियो ।

यसैगरी जनमोर्चाका कृष्ण थापाले दुई तिहाई सरकारले ५ वर्ष सरकार चलाउँला भनेर जनमत दिँदा पनि पूरा समय सरकार चलाउन नसकेको बताए । शक्ति र स्वार्थको लागि संसद् विघटन गर्नु गलत रहेको उनले बताए । सरकारले जनताको जीवनस्तर उकास्ने गरी कुनै पनि कार्यक्रम ल्याउन नसकेको समाजवादीका हरिशरण आचार्यले बताए । एउटा जिल्लामा खानेपानी पूर्ण गर्न नसक्ने सरकारसँग खासै अपेक्षा राख्न नहुने उनको भनाइ थियो ।

प्रकाशित : पुस २१, २०७७ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्

वेस्टर्न युनियनका दसैं विजेतालाई १० लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — वेस्टर्न युनियनले ‘दसैंको सौगात’ योजनाको बम्पर लक्की ड्रकी विजेता कल्पना शाहीलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

काठमाडौंमा सोमबार आयोजित एक समारोहबीच विजेता शाहीलाई सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले उक्त रकम हस्तान्तरण गरे ।

वेस्टर्न युनियनले नेपालमा उपभोक्ता प्रवद्र्धन गर्न यो योजना ल्याएको थियो ।

प्रकाशित : पुस २१, २०७७ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×