गण्डकीमा कोभिड–१९ विरुद्ध साझा संकल्प प्रस्ताव ल्याउन सबै दल सहमत

गण्डकी — गण्डकी प्रदेशका जनताको स्वास्थ्य अवस्था र कोभिड–१९ लाई व्यवस्थापन गर्न साझा संकल्प प्रस्ताव ल्याइने भएको छ । कोभिड–१९ विरुद्ध संकल्प प्रस्ताव ल्याउनका लागि गण्डकी प्रदेशसभाका चारवटै दल सहमत भएका हुन् ।

गण्डकीमा कोभिड–१९ विरुद्ध साझा संकल्प प्रस्ताव ल्याउन सबै दल सहमत

सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष दल कांग्रेस र अर्का प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चा, राष्ट्रिय समाजवादी पार्टीले साझा संकल्प प्रस्ताव ल्याउने भएका छन् ।

संकल्प प्रस्तावमा कोभिडका बिरामीलाई कसरी व्यवस्थापन गर्ने, कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापन, बिरामीको लागि अस्पतालमा वेड, भेण्टीलेटरको व्यवस्था र पछिल्लो समय चर्चामा आएको कोरोनाविरुद्धको खोपलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा साझा संकल्प प्रस्ताव ल्याइने भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

मंगलबार सुरु भएको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेकपा संसदीय दलका नेता रहेका गुरुङले समस्या समाधानको थलो नै संसद् भएकाले साझा योजना तयार गरिएको बताए ।

प्रकाशित : पुस २१, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?