कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रदेश २ नेकपा संसदीय दलका नेताबाट मण्डल हटाइए, महतो चुनिए

अजित तिवारी

जनकपुर — नेकपा (दाहाल–नेपाल) का १९ जना सांसदले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले दलका नेतामा शत्रुघन महतोलाई चयन गरेको छ । 

प्रदेश २ नेकपा संसदीय दलका नेताबाट मण्डल हटाइए, महतो चुनिए

मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुन् ।

जनकपुरस्थित प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई सर्वसम्मति निर्णय गर्दै दलका नेताबाट हटाइएको र महतोलाई दलका नयाँ नेता चुनिएको नेकपाका सचेतक बेंची लुङेलीले जानकारी दिइन् ।

दलका नेताबाट मण्डललाई हटाइएको र दलका नयाँ नेता महतोलाई चुनिएको जानकारी सभामुख सरोज यादवलाई गराइएको लुङेलीले बताइन् । ‘सभामुखलाई संसदीय दलको बैठकमा निर्णय लिखितै रुपमा जानकारी गराइएको छ,’ सचेतक लुङेलीले कान्तिपुरसँग भनिन् ।

प्रदेश २ मा एउटै पार्टी हुँदा नेकपासँग ३२ जना सांसद थिए । नेकपा दुई खेमामा विभाजित बनेपछि नेकपा (दाहाल–नेपाल) सँग बहुमत १९ जना सांसद र नेकपा (ओली) सँग १३ जना सांसद छन् । विभाजित भएसँगै नेकपाले प्रदेश २ को प्रमुख प्रतिपक्षी दलको हैसियत पनि गुमाएको छ ।

प्रकाशित : पुस २१, २०७७ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?