२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘एकीकरण मार्ग’ मा नेपाली सेनाको पदयात्रा

हरिराम उप्रेती

गोरखा — पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको पदमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट सुरु भएको यात्रा धादिङ–नुवाकोट–काठमाडौंको पैदलमार्ग हुँदै हनुमानढोका पुगेर टुंगिने छ ।

‘एकीकरण मार्ग’ मा नेपाली सेनाको पदयात्रा

नेपालको राष्ट्रिय झण्डा, टर्च, नेपाली सेनाको पाँच प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज)को झण्डासहित टोलीले पदयात्रा सुरु गरेको हो । सेनाका यी पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ ।

हनुमान भञ्याङबाट यात्रा सुरु गरेको रणसिं दल गणले ताप्ले–अश्राङ– बोर्लाङसम्मको पहिलो खण्डको यात्रामंगलबार साँझसम्म पूरा गर्नेछ । रणसिं दलले धादिङको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गर्ने नेपाली सेनाको रण् सिं दल गणका गणपति उज्ज्वल केसीले बताए । धादिङ खण्डको यात्रा पूरा पछि नुवाकोटको नेपाली सेनाले झण्डा र टर्च काठमाडौंसम्म पुर्‍याउने जिम्मा पाउने छ ।

‘गोरखा–हनुमानढोकाको २६ कोश दूरीमा यात्रा हुन्छ,’ केसीले भने, ‘२६ गते बिहान ककनीबाट हनुमानढोकासम्मको यात्रापछि पुस २७ गते पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी भएपछि यत्रा टुंगिन्छ ।’

पैदलमार्गलाई एकीकरण पदमार्गको रुपमा प्रवद्र्वनका लागि यात्रा गरिएको नेपाली सेनाले जनाएको छ । इतिहासलाई जीवन्त राख्न यात्राले सघाउने गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । गढी, किल्ला र पदमार्ग पहिचान गरि संरक्षण गर्ने कार्यअन्तर्गत एकीकरण पदमार्गमा यात्रा गरिएको नेपाली सेनाका उपरथी विनयविक्रम राणाले बताए ।

प्रकाशित : पुस २१, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?