कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मंगलबार वर्षाको सम्भावना

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार राजधानीसहित पहाडी भेगमा फाटफुट वर्षा हुने आकलन गरेको छ । पश्चिमी वायुको प्रभाव बाँकी नै भएकाले मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका हिमाली क्षेत्रमा हिमपात जारी हुने मौसमविद् गंगा नगरकोटीले बताइन् ।

मंगलबार वर्षाको सम्भावना

पश्चिमी वायु सक्रिय भएका कारण सोमबारदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका सबैजसो हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । मध्यपहाडी जिल्लाहरूमा छिटपुट वर्षासमेत भएको छ ।

‘काठमाडौंमा पनि मंगलबार बिहान हलुका वर्षाको सम्भावना छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘बुधबारदेखि मौसमी प्रणाली कमजोर हुने भएकाले मौसममा पनि सुधार आउनेछ ।’

प्रदेश १ का जिल्लाहरूमा भने अन्य प्रदेशमा जस्तो हिमपात भएको छैन । बितेको २४ घण्टामा सबैभन्दा बढी जुम्लामा २४.३ मिलिमिटर वर्षा भएको छ । धनगढी, दिपायल, वीरेन्द्रनगरलगायत स्थानमा पनि मध्यमखालको वर्षा भएको छ ।

प्रकाशित : पुस २१, २०७७ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?