१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गैंडाको खागसहित एक पक्राउ

मोहन बुढाऐर

धनगढी — जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार बिहान साढे ११ बजे एक जनालाई गैंडाको खागसहित पक्राउ गरेको छ ।

गैंडाको खागसहित एक पक्राउ

जिल्ला प्रहरीका डीएसपी प्रतिक विष्टका अनुसार संघीय प्रहरी इकाइ कार्यालयको विशेष टोलीले सोमबार कैलालीको बर्दगोरिया गाउँपालिका-४ बाट बर्दगोरिया-५ घर भएका ५८ वर्षीय नैनबहादुर कठरियालाई खागसहित पक्राउ गरेको हो । कठरियाले ना ३ स ५७१८ नम्बरको अटोरिक्सामा खाग राखी लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

‘खैरो रंगको गैंडाको खागजस्तो देखिने १७१ ग्राम ९६० मिलिग्राम तौल भएको एक थान बस्तु बरामद गरिएको छ,’डिएसपी बिष्टले भने,‘परीक्षणका लागि बरामद गरिएको वस्तु र वन ऐन अनुसार कारबाहीका लागि पक्राउ गरेको व्यक्तिलाई सम्बन्धित सब डिभिजन कार्यालय साढेपानी कैलालीलाई बुझाइएको छ ।’

प्रकाशित : पुस २०, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?