गैंडाको खागसहित एक पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैंडाको खागसहित एक पक्राउ

मोहन बुढाऐर

धनगढी — जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार बिहान साढे ११ बजे एक जनालाई गैंडाको खागसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका डीएसपी प्रतिक विष्टका अनुसार संघीय प्रहरी इकाइ कार्यालयको विशेष टोलीले सोमबार कैलालीको बर्दगोरिया गाउँपालिका-४ बाट बर्दगोरिया-५ घर भएका ५८ वर्षीय नैनबहादुर कठरियालाई खागसहित पक्राउ गरेको हो । कठरियाले ना ३ स ५७१८ नम्बरको अटोरिक्सामा खाग राखी लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

‘खैरो रंगको गैंडाको खागजस्तो देखिने १७१ ग्राम ९६० मिलिग्राम तौल भएको एक थान बस्तु बरामद गरिएको छ,’डिएसपी बिष्टले भने,‘परीक्षणका लागि बरामद गरिएको वस्तु र वन ऐन अनुसार कारबाहीका लागि पक्राउ गरेको व्यक्तिलाई सम्बन्धित सब डिभिजन कार्यालय साढेपानी कैलालीलाई बुझाइएको छ ।’

प्रकाशित : पुस २०, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्

दाहाल–नेपाल समूहले पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको पुुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ ।

सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश इन्चार्ज पोखरेल र गण्डकी प्रदेश इन्चार्ज गुरुङलाई जिम्मेवारीबाट हटाएको हो ।

बैठकले लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा देवेन्द्र पौडेललाई इन्चार्ज तोकेको छ । बैठक नेपालको अध्यक्षतामा बसेको थियो ।

प्रकाशित : पुस २०, २०७७ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×