२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कार दुर्घटनामा पूर्वराज्यमन्त्री शाहसहित ५ जना घाइते

कमल पन्थी

बर्दिया — नेपालगन्जबाट सुर्खेतको विरेन्द्रनगरतर्फ जाँदै गरेको कार सोमबार दिउँसो अनियन्त्रित भइ दुर्घटना हुँदा पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार शाहसहित पाँच जना घाइते भएका छन् । बा २१ च ४७४६ नम्बरको कार बर्दिया बासगढी नगरपालिका—१ चेपाङको २९ खोला नजिक पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक केदार रोजौरेका अनुसार कार पल्टिँदा पूर्वराज्यमन्त्री विनोदकुमार शाह, लक्ष्मी शाह, पदमबहादुर शाही, सूर्यबहादुर शाही र कार चालक विनय भण्डारी घाइते भएका छन् ।

पूर्वराज्यमन्त्री शाहको अवस्था गम्भिर रहेको छ । घाइतेमध्ये अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक रोजौरेले जनाए । चालक भण्डारीको कोहलपुरस्थित शिक्षण अस्पताल र ४ जनाको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कार सडकदेखि करिब ६० मिटर तल खसेको थियो । उक्त घटना सदरमुकाम गुलरियादेखि करिब ६० किमी पूर्व उत्तर रत्न राजमार्गमा भएको हो ।

प्रकाशित : पुस २०, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?