सीमा नाका खोल्न माग गर्दै जसपाको धर्ना

नवीन पौडेल

परासी — नेपाल भारत सीमा तत्काल खोल्न पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टीले र्यालीसहित धर्ना दिएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका १ मा रहेको महेशपुर भन्सारदेखि नेपाल भारत सीमासम्म दबाबमूलक र्‍याली गर्दै दशगजामा एक घण्टा धर्ना दिएको हो । 

सीमा नाका खोल्न माग गर्दै जसपाको धर्ना

जनता समाजवादीका जिल्ला संयोजक मुकुरजी गिरीको नेतृत्वमा जसपाका नेता कार्यकर्ता र व्यवसायी र्‍यालीमा सहभागी थिए । र्‍यालीमा सहभागीले सीमानाका बन्द हुँदा व्यवसाय ठप्प भएको, विवाह तथा धार्मिक उत्सव गर्न नपाएको भन्दै तत्काल नाका खोल्लुपर्ने माग गरेका थिए ।

केपी ओली सरकार विरुद्ध नाराबाजी गर्दै तत्काल नाका खोलेर जनजीवन सहज बनाउन माग गरिएको जनता समाजवादीका जिल्ला संयोजक गिरीले बताए ।

नेपाल र भारतको सम्बन्ध रोटी र बेटीको रहेको भन्दै सीमानाका बन्द हुँदा व्यवसायसँगै परम्परागत रीतिरिवाजमा समेत असर परेको भन्दै स्वास्थ्य सर्तकता अपनाएर सीमा खोल्नुपर्ने सीमावर्ती बासिन्दाको माग छ ।

प्रकाशित : पुस २०, २०७७ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?