५० राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

५० राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई ९ एमएम पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित पक्राउ गरिएको महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जानकारी दिएको छ । राई श्री एयरलाइन्सबाट झापाको भद्रपुर जाँदै थिए ।

सुरक्षा जाँचका क्रममा राईको लगेजमा गोली भेटिएको कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : पुस २०, २०७७ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?