कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सीता दाहाललाई उपचारका लागि मुम्बई लगियो

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र छोरी गंगा पनि साथमा

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । उनलाई सोमबार बिहान ११ : २० बजेको नेपाल एयरलाइन्सको विमानबाट दिल्ली लगिएको हो ।

सीता दाहाललाई उपचारका लागि मुम्बई लगियो

काठमाडौंबाट मुम्बईका लागि सिधा उडान नभएकाले दिल्ली हुँदै उनलाई मुम्बई लगिँदैछ ।

सीताको उपचारका लागि अध्यक्ष दाहाल र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सीताको उपचार न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युट, मुम्बईमा हुन छ ।

सीता दाहाल लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् ।

गत बुधबार उनको स्वास्थ्यमा थप समस्था देखिएपछि उनलाई मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । यसअघि सीताको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।

प्रकाशित : पुस २०, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?