स्रोत नखुलेको करिब डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ — थानकोट प्रहरीले एक जना भारतीय नागरिकको साथबाट १ करोड ४७ लाख रुपैयाँ नगद बरामद गरेको छ ।

स्रोत नखुलेको करिब डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

भारतीय नागरिक ३० वर्षीय अमितकुमार गुप्तालाई कपिलवस्तुबाट काठमाडौं आउने क्रममा नागढुंगाबाट पक्राउ गरिएको हो । उनी सवार गाडी चालक नेपाली नागरिक २२ वर्षीय संगम थारुलाई पनि पक्राउ गरिएको छ । गाडीमा राखिएको झोला खानतलासी गर्दा स्रोत नखुलेको उक्त रकम भेटिएको काठमाडौं प्रहरी स्रोतले जनाएको छ ।

दुवै जनालाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीको तयारी छ ।

प्रकाशित : पुस २०, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?