कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कर्णालीका सामाजिक विकास मन्त्रीले ओली समूह छाडे 

ओली समूहमा रहेका सामाजिक विकासमन्त्री दल रावल र जुम्लाका सांसद पदमबहादुर रोकायाले आइतबार कित्ता परिवर्तन गरेका छन् ।

सुर्खेत — प्रदेश सरकारलाई लक्षित गर्दै नेकपाका दुवै पक्षले आ–आफ्नो पक्षमा सांसद तान्ने क्रमलाई तीव्रता दिएका छन् । दाहाल–नेपाल समूह आफ्नो पक्षमा प्रदेशसभामा स्पष्ट बहुमत पुर्‍याउन र ओली समूह सरकारलाई अल्पमतमा पार्दै अप्ठेरो बनाउन तल्लीन छन् ।

कर्णालीका सामाजिक विकास मन्त्रीले ओली समूह छाडे 

ओली समूहमा रहेका सामाजिक विकासमन्त्री दल रावल र जुम्लाका सांसद पदमबहादुर रोकायाले आइतबार कित्ता परिवर्तन गरेका छन् । यसले ४० सदस्यीय प्रदेशसभामा दाहाल–नेपाल समूहका सांसदको संख्या २१ पुगेको छ । यही अवस्थामा अविश्वासको प्रस्ताव दर्ता भइहाले कांग्रेस र राप्रपाको समर्थन हुँदा पनि पारित हुने अवस्था देखिँदैन ।

अविश्वासको प्रस्ताव पारित हुनका लागि २१ सांसदको आवश्यकता पर्छ । अहिले सभामुखलाई छोडेर ओली समूहका ११, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । ओली समूहमा रहेका सांसद रोकायाले आफू पहिल्यैदेखि नेपाल समूहमा रहेको र बीचमा गलत तबरले प्रचार गरिएको भन्दै दाहाल–नेपाल समूहमै रहेको बताए । मन्त्री रावलले भने हुम्लाका अन्य नेताहरूसँगै प्रेस विज्ञप्ति जारी गरेर दाहाल–नेपाल समूहमा रहेको स्पष्ट पारेका छन् ।

असोजमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदासमेत उनले ‘गलत खेल सुरु भएको’ भन्दै असन्तुष्टि जनाएका थिए । ओली समूह भने दाहाल–नेपाल समूहका सांसदलाई आफ्नोतिर तानेर कांग्रेस र राप्रपाको सहयोगमा सरकार ढाल्ने रणनीतिमा अघि बढेको देखिन्छ । यही रणनीतिअनुसार पूर्वमाओवादी खेमाका दुई जना सांसद धर्मराज रेग्मी र ठम्मर बिष्ट ओली समूहमा प्रवेश गरिसकेका छन् । ‘अहिले पनि पूर्वमाओवादी र नेपाल समूहका केही सांसदलाई ल्याउने प्रयास जारी छ,’ ओली समूहका एक नेताले भने, ‘यसमा केही सकारात्मक संकेत पनि देखिएका छन् ।’

दुवै समूहले सांसदहरूलाई आफूतिर आकर्षित गर्नका लागि मन्त्री पदलाई महत्त्वपूर्ण अस्त्र बनाउने गरेका छन् । असोज २५ गते मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्ताव असफल बनाउने क्रममा पनि मन्त्री पद फलदायी भएको थियो । उतिबेला नेपाल समूहका ३ जनालाई मन्त्री बनाउने सर्तमा उक्त समूहका ७ जना सांसदले अविश्वास प्रस्ताव फिर्ता लिएका थिए । अहिले ओली समूहका रावललाई मन्त्रीमा थमौती गर्ने गरी दाहाल–नेपाल समूहमा प्रवेश गराइएको स्रोतको भनाइ छ ।

यस हिसाबले अब नेपाल समूहका दुई जनामात्र मन्त्री बन्न सक्ने अवस्था छ । मुख्यमन्त्री शाहीसँग रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय र ओली समूहमै रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर उनको स्थानमा नेपाल समूहका सांसदलाई मन्त्री बनाउने विकल्प छ । स्रोतका अनुसार दाहाल–नेपाल समूहमा प्रवेश गर्ने अन्तिम तयारीमा रहेका मन्त्री बुढाले आइतबार ओली समूहमै रहने निर्णय गरेका छन् ।

प्रकाशित : पुस २०, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?