कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

अनिश तिवारी

सिन्धुपाल्चोक — गत मंसिर १८ मा ह्योल्मोभूमि हेलम्बु र २६ गते पाँचपोखरी थाङपाल गाउँपालिका क्षेत्रका ‘एडभेन्चर’ हिमशृंखलाका नयाँ पिक आरोहण गरिए ।

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]
सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

आरोही माया गुरुङको नेतृत्वमा ६ जनाको आरोही टोली र दुई जना माउन्टेन गाइडले ५ हजार ३ सय मिटरको पाँचपोखरी क्षेत्रको तिलमान पास पाँचपोखरी पिक र ५ हजार ५ सय ५६ मिटरको युवा पिक आरोहण गरे ।

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

गुम्बैगुम्बाको सहर हेलम्बु क्षेत्रको ५ हजर ६ सय ५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको नेरिका एडभेन्चर्सका आरोही सतीशमान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले आरोहण सकाए । पर्यटन प्रवर्द्धनको उद्देश्यसहित जुगल हिमशृंखलाका ११ मध्येको एक चुचुरो ६ हजार १ सय ५१ मिटर उचाइमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) दुई पटक आरोहण गरियो ।

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

२०७५ चैत २९ मा सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा सात जनाले जुगल हिमालमा पहिलो पटक मानव झन्डा फहराए । गत कात्तिक ३ मा पनि काठमाडौंबाट सात दिनमै सगरमाथा आरोही शर्मिला लामा स्याङ्तानको नेतृत्वमा पाँच जनाले सफल आरोहण गरेका थिए । यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, हिमाल आरोहणको ६१ वर्षमा काठमाडौंबाट नजिक (करिब १ सय ४० किलोमिटर) दूरीमा रहेका जिल्लाका अनेकौं हिमशृंखला र एक दर्जन पिक धमाधम आरोहण गरिँदै छन् ।

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

विश्वभरका ‘एडभेन्चर’ हिमशृंखलाका पिकमा सिन्धुको अलग्गै पहिचान भएकाले आरोही र पर्यटकमा यहाँका हिमाल हेर्न र आरोहणमा आकर्षण बढिरहेको आरोही एवं पर्यटन व्यवसायी मिलन तामाङले बताए । ‘लाङटाङ र सिन्धुपाल्चोकका जुगल क्षेत्रभर गरी २६ वटा हिमशृंखला र दर्जनौं संख्यामा हिमाली पिक छन्, जसप्रति दुई दर्जन आरोहीले उत्साहसाथ आरोहण गरे, अन्य पनि जुट्दै छन्,’ उनले भने ।

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

५ हजार ८ सयलाई ट्रेकिङ पिक र ६ हजार ५ सयभन्दा माथिको पिकलाई क्लाइम्बिङ पिकका रूपमा लिने गरिएको तामाङले बताए । स्थानीय तहको चासोपछि अहिले बाँकी अनेकौं हिमशृंखलाका ६ हजारभन्दा कम उचाइका पिकको खोज र हिमाली ट्रेकिङ रुट, अन्य मार्गको खोजी थालिएको छ । वाग्मती प्रदेशभर ६१ हिमाल र २५ वटा पिक रहेकामध्ये सात वटा आरोहण भइसकेको नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । ‘आहिलेसम्म २५ वटा हिमशृंखलाको आरोहण भइसकेको छ, जसमध्ये जिल्लामा केही नयाँ हिमालको नयाँ रुट खोलेर चढेको खबर आएको छ,’ उनले भने ।

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

जिल्लाभर रहेका ५ हजार ८ सय उचाइका प्रायः पिकको अझैसम्म प्रवर्द्धन नभएको र खोजी नगरिएको उनले उल्लेख गरे । ‘नयाँ पिक र हिमाल जाने रुट खोजेर सहज बनाइए सरकारले धेरै फाइदा लिन सक्छ, जुन त्यत्तिकै बसिरहेका छन् । विगतमा सात वटा पिक र केही हिमालको आरोहण खोलेर १५ करोडसम्म रोयल्टी जम्मा गरेको रेकर्ड छ, अहिले कोभिडले थलाएको हो,’ उनले भने ।

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

सिन्धुका लोभलाग्दा हिमशृंखला [तस्बिरहरू]

तस्बिर सौजन्य : हेलम्बु गाउँपालिका

प्रकाशित : पुस २०, २०७७ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?