कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल–नेपालले देशलाई अस्थिरतामा धकेल्न खोजे : ऊर्जामन्त्री रायमाझी

वीरेन्द्र केसी

अर्घाखाँची — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेकपामा दुर्घटना गराएको बताएका छन् । आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई असफल बनाउन दाहाल–नेपाल सरकारबाहिर रहेका दलसँग गुहार माग्न गएको उनले दाबी गरे ।

दाहाल–नेपालले देशलाई अस्थिरतामा धकेल्न खोजे : ऊर्जामन्त्री रायमाझी

प्रेस संगठनले आइतबार बिहान सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा रायमाझीले विगतमा दाहालले आफू नेतृत्वको सहित आठवटा सरकार ढालेको जनाउँदै अहिले ओली नेतृत्वको सरकार पनि ढालेर देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाए । ‘सेनापतिसँग निहुँ खोजेर आफ्नै सरकार ढाल्नुभयो, उहाँ (दाहाल) लाई सरकार ढाल्ने बानी परेको छ,’ उनले भने ।

पार्टी अध्यक्ष हुन दुई–चार महिना महाधिवेशन पर्खन नसक्ने, प्रधानमन्त्री हुन निर्वाचन कुर्न नसक्ने दाहाल–नेपालको महत्त्वाकांक्षाकै कारण पार्टी विभाजन भएको रायमाझीको तर्क छ ।

‘उहाँहरू पदका लोभी हुनुहुँदो रहेछ, दाहाल र नेपालकै कारण संसद् विघटन भयो, प्रमुख दोषी उहाँहरू हो,’ उनले भने । काम गर्न नदिइएपछि ओलीले ताजा जनादेशमा जान निर्वाचनको मिति तोकेको रायमाझीले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि संसद् विघटन गरिएको उनको भनाइ छ । दाहाल र नेपालले देशलाई गलत दिशामा लगेर अस्थिरता निम्त्याएकैले आफूलगायत नेताले अध्यक्ष ओलीलाई समर्थन गरेको र देशलाई संकटबाट पार लगाउन मन्त्री भएको पनि उनले बताए । रायमाझीले अब लोडसेडिङ नहुने दाबी पनि गरे ।


प्रकाशित : पुस १९, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?