१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

२ लाख ३० हजार पर्यटक भित्रिए

काठमाडौँ — करिब २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको सन् २०२० मा कोरोना महामारीका कारण २ लाख ३० हजार ८५ जना मात्रै नेपाल भित्रिएका छन् ।

२ लाख ३० हजार पर्यटक भित्रिए

हवाई र सीमा नाकाबाट उक्त संख्यामा पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको हो । सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी नेपाल भित्रिएका थिए ।

अघिल्लो वर्षको दाँजोमा गत वर्ष झन्डै ८४ प्रतिशत कम पर्यटक आएका हुन् । विभागका अनुसार गत वर्ष १ सय ७० देशबाट विदेशी आएका थिए । सबैभन्दा धेरै भारतबाट ४० हजार ३ सय ३६, म्यानमारबाट २० हजार ९ सय ११, थाइल्यान्डबाट २० हजार ७ सय ७८, चीनबाट १९ हजार २ सय ५७, संयुक्त राज्य अमेरिकाबाट १७ हजार ७ सय ६७, श्रीलंका १३ लाख ३ सय २८, बेलायतबाट ११ हजार ७ सय ६२ जना भित्रिएका थिए ।

विभागका अनुसार, २०२० मा स्वदेश आउने नेपालीको संख्या ४ लाख ९१ हजार ४ सय ४८ रहेको छ । विदेशी र नेपालीको गरी कुल आगमन संख्या सन् २०२० मा ७ लाख २१ हजार ५ सय ३३ रहेको छ ।

प्रकाशित : पुस १९, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?