१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

२४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि, ७५० जना कोरोनामुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६१ हजार ४३८ संक्रमितको संख्या पुगेको छ । 

२४ घण्टामा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि, ७५० जना कोरोनामुक्त

त्यसैगरी २४ घण्टामा ७५० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ७११ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४२ हजार ७०२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० जना पुगेको छ ।

प्रकाशित : पुस १८, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?