कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

संसद् विघटन हुनुमा गणतन्त्रको बाटो र विचार नै दोषी : थापा

काठमाडौँ — राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुन:स्थापना र हिन्दुराष्ट्र कायम गर्नुपर्ने बताएका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षताको पुनरावलोनक गर्दै राजतन्त्रको पुन:स्थापना तथा देशलाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र कायम गरिनुपर्ने बताए ।

संसद् विघटन हुनुमा गणतन्त्रको बाटो र विचार नै दोषी : थापा

देशमा प्रतिनिधिसभा विघटन हुनुमा वर्तमान सरकार, कुनै राजनीतिक दल तथा नेताहरु मात्र नभई १४ वर्षअघि सुरु गरिएको गणतन्त्रको बाटो र विचार नै दोषी भएको पनि बताए । गणतन्त्रको विकल्प खोज्दै राजादेखि विद्रोही विप्लवसम्म र कांग्रेसदेखि कम्युनिष्ट, मधेशवादी सबैको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।

देश इतिहासकै सर्वाधिक कठिन र संकटपूर्ण घडीमा गुज्रेको भन्दै अध्यक्ष थापाले यस्तो बेलामा राजनीतिक दल र नेतृत्वहरुले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्न नसके राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता तथा राष्ट्रिय अखण्डता संकटमा पर्ने बताए । नेताहरुले जिम्मेवारी निर्वाह गर्न नसके आगामी दिनमा परिस्थिति राजनीतिक दल र नेताहरुको नियन्त्रण बाहिर जानसक्ने प्रारम्भिक संकेत देखिइसकेको पनि अध्यक्ष थापाले बताए । नयाँ नेपाल बनाउने नाममा हिन्दु राष्ट्रलाई समाप्त पारेको, राजतन्त्र पाखा लगाएको तथा संघीयताको नाममा जातजातिलाई विभाजन गरेपछि देश दिशाहिन भएको उनले बताए । देश अभिभावकविहीन बन्दा देशमा विदेशीको चलखेल बढेको र नेपालको स्वाभिमान तथा सार्वभौमिकतामाथि प्रहार भएको उनको तर्क छ । लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको तथा केही राजनीतिक दल र नेताहरुले सर्वसत्तावादी शासन गर्न लागेको अध्यक्ष थापाले बताए ।

राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको मात्र एजेण्डा नभई आम नेपालीको एजेण्डा बनेकाले जनताको माग र चाहनालाई सम्बोधन नगरे देश द्धन्दमा जानसक्ने अध्यक्ष थापाले बताए । राजतन्त्रवादी र लोकतान्त्रिक शक्तिको एकताले नै देशमा शान्ति र स्थायित्व कामय हुने भएकोले निषेधको राजनीति नगरी सबै अटाउने समावेशी, साझा व्यवस्थाको निर्माण गर्नुपर्नेमा उनको जोड थियो । अध्यक्ष थापाले देश बचाउन, प्रजातन्त्र, राष्टियता बलियो बनाउन तथा आर्थिक समृद्धि ल्याउन राप्रपा सडकमा आएको बताए ।

प्रकाशित : पुस १७, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?