३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एडीबीले दिने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ — सरकारले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ ।

एडीबीले दिने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एडीबीबाट प्राप्त हुने अमेरिकी डलर १ सय ५६ मिलियन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसैगरी बैठकले कर्णालीका केही जिल्लामा सञ्चालनमा रहेको बाल पोषण संरक्षण अनुदान कार्यक्रम रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुमपूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलवस्तु गरी ११ जिल्लामा थप्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन(तेह्रौ संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए । त्यस्तै संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने अथवा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउने सम्बन्धी कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समितिको निर्णय अनुमोदन गरेको पनि मन्त्री गुरुङले बताए ।

प्रकाशित : पुस १७, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?